Trending
Prev Story
Next Story

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

Ekantipur •
November 11, 2026 • 09:01 AM
1
1 reads 0 reactions

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्।

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्।

काठमाडौं — काठमाडौंमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।

बुधबार दिउँसो करिब १ः४५ बजेदेखि विमानस्थल बन्द भएको हो। बाक्लो असिना परेपछि विमानस्थलको धावनमार्ग तथा ट्याक्सी वे क्षेत्रमा असिना जमेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार अचानक मौसम परिवर्तन भई ठूलो मात्रामा असिना परेपछि विमानस्थलको उडान सञ्चालन प्रभावित भएको हो। ‘एक्कासि असिनासहित पानी पर्‍यो। ट्याक्सी वे ब्राभोदेखि रनवे २० सम्म बाक्लो असिना परेको छ। यो महिना सामान्यतया यस्तो मौसम देखिँदैनथ्यो। यो नौलो घटना हो,’ उनले भने।

असिना हटाएर धावनमार्ग सञ्चालनयोग्य बनाउन विमानस्थलको उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) को दमकल प्रयोग गरी रनवे सफा गर्ने काम भइरहेको छ। प्रवक्ता सञ्जयकुमारका अनुसार विमानस्थलमा असिना हटाउन छुट्टै उपकरण भने उपलब्ध छैन। ‘असिना हटाउनका लागि विमानस्थलसँग छुट्टै उपकरण छैन,’ उनले भने।

उनका अनुसार विमानस्थलमा अवतरण गर्नुपर्ने आठवटा विमान काठमाडौं बाहिर आकाशमै होल्डमा छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेका छन्। आन्तरिक उडानमध्ये राजविराजका लागि उड्न तयार रहेको बुद्ध एयरको विमान र बैंकक जाने तरखरमा रहेको थाईको विमान पुन पार्किङवे मै फर्किएका छन् ।

यसैबीच, असिनासहितको वर्षापछि विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा पनि पानी चुहिने समस्या देखिएको छ। विमानस्थलका अधिकारीहरूले ह्वाट्सएपमार्फत उपलब्ध गराएको जानकारीअनुसार सुरक्षा जाँच हुने क्षेत्रको छतमा रहेका २×२ आकारका प्यानल लाइटहरूबाट पानी चुहिएको छ।

अचानक आएको असिना, वर्षा र हावाहुरीले विमानस्थलको उडान सञ्चालनसँगै भौतिक पूर्वाधारमा समेत असर पारेको छ। मौसममा सुधार आएपछि र धावनमार्ग सञ्चालनयोग्य भएपछि मात्रै नियमित उडान पुनः सुरु हुनेछन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

काठमाडौँ । राजधानी काठमाडौँमा बुधवार दिउँसो अचानक आएको हावाहुरी र बाक्लो असिनासहितको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। धावनमार्ग र ट्याक्सी वेमा असिना जमे...

#विमानस्थल #असिना #त्रिभुवन
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#विमानस्थल #असिना #त्रिभुवन
Compare →
Onlinekhabar
2d ago
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

२५ कात्तिक, काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिना सहित दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ । टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उड्न तयार यात्रुहरू समस्यामा …

#विमानस्थल #त्रिभुवन #विमान
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#विमानस्थल #विमान
Compare →
Bizshala
5h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →

Related Stories

Science & Climate
Build #2611