Trending
Prev Story
Next Story

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

Onlinekhabar •
November 11, 2026 • 04:31 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा …

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् ।

यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको उल्लेख छ । त्यस अवसरमा यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेको सन्देशमा भनिएको छ ।

‘बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

सोही विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने चलन रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यस दिन दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने परम्परा रहेको उनको सन्देशमा उल्लेख छ । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई आशीर्वाद ग्रहण गर्ने चलन रहेको उनले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसा...

#भाइटी #दाजुभाइ #भाइटीका
Compare →
Nagarik News
10h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #बालेन
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी #भाइटीका
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#भाइटी #भाइटीका
Compare →

Related Stories

Politics & Governance
Build #2611