Trending
Prev Story
Next Story

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

Ekantipur •
November 10, 2026 • 03:02 PM
1
1 reads 0 reactions

वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै सञ्जय राई प्रथम भएका हुन् ।

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै सञ्जय राई प्रथम भएका हुन् ।

सुनसरी — बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् ।

वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । ३७ अंक प्राप्त गरी उपाधि जितेका उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा मधुवनका भरत भुजेल ३३ अंक प्राप्त गरी दोस्रो भए । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी चतराका मोहन भुजेल ३२ अंकसहित तेस्रो भइ १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका चतरा हाइकिङ समूहका संस्थापक नवराज विष्टले जानकारी दिए ।

विजेतालाई कोशी प्रदेशका पूर्वाधार विकास राज्यमन्त्री सपना परियार, वराहक्षेत्र नगरपालिका–११ का वडाध्यक्ष कृष्णकुमार महतो, वडा नम्वर ८ का अध्यक्ष रोशन खड्का, प्रतियोगिताका प्रायोजक मुनबिम एकेडेमीका प्राचार्य देवेन्द्र विष्टलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्री परियारले कोशी नदी किनारमा वर्षौंदेखि अनौपचारिक रूपमा खेलिँदै आएको मनोरञ्जनात्मक खेललाई प्रतियोगिताका रूपमा आयोजना गरिएकामा खुसी व्यक्त गरिन् । उनले यस खेललाई संस्थागत रूपमा विकास गर्दै अघि बढाउन आयोजकलाई सुझाव दिइन् ।

लोपोन्मुख पानीचरा सीम तित्राको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए । कोशी पन्छी समाजको सहकार्य तथा स्थानीय हाम्रो एकता क्लब मधुवनको सहआयोजनामा ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन र मौलिक खेलको प्रवर्द्धन’ नाराका साथ विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता

१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता

काठमाडाैँ। वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौथो संस्करणको उपाधि जितेका छन् । मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियो...

#सञ्जय #राई #बने
Compare →

Related Stories

Sports
Build #2611