Trending
Prev Story
Next Story

सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

Ekantipur •
November 12, 2026 • 11:01 AM
1
1 reads 0 reactions

बिहीबारको जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ । तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

बिहीबारको जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ । तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

काठमाडौं — विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बिहीबार पोखरा एजेन्सर्जमाथि प्राप्त जितमा आफ्नो प्रदर्शनलाई लिएर खुसी व्यक्त गरेका छन् । जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ ।तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

सन्दीपले खेलपछि भने, ‘पूरा प्रतियोगितामा मैले राम्रो बलिङको प्रयास गरेको छु तर सधैं विकेट प्राप्त हुन्न । तर आज मेरो दिन जस्तै रह्यो ।’ उनी खेलको ‘प्लेयर अफ द म्याच’ पनि बने । उनले ह्याट्रिकसहित २७ रनमा ६ विकेट लिए ।

यो हारपछि प्रतियोगितामा पोखराको चुनौती समाप्त भएको छ । पोखरा प्ले अफ नखेल्ने एक्लो टिम भएको छ । लगातार तेस्रो सिजन पोखरा लिग चरण काट्न असफल रह्यो । यस सिजन खेलेका आफ्ना ६ खेलमा यो उसको पाँचौं हार हो ।खेलपछि पोखराका कप्तान चमिका करुनारत्नेले आफ्नो टिमको प्रदर्शनमा निराशा पोखे । विराटनगरविरुद्धको खेललाई लिएर उनले भने, ‘सन्दीपको प्रदर्शनले पूरा खेलको स्वरूपमा प्रदर्शन गरेको थियो । उनले एक्लै खेल आफ्नो पक्षमा पारे ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल तेस्रो संस्करण: सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा पोखरा १३२ रनमा अलआउट

एनपीएल तेस्रो संस्करण: सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा पोखरा १३२ रनमा अलआउट

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस ...

#विराटनगर #सन्दीप #विकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर #सन्दीप #विकेट
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर #सन्दीप #विकेट
Compare →
Nagarik News
1d ago
एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो।

#विराटनगर #सन्दीप #विकेट
Compare →

Related Stories

Sports
Build #2611