काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ एक जना चिनियाँ गुप्तचर भनिएकी महिलासँगको विवाहेत्तर सम्बन्धका कारण विवादमा तानिएका छन् । यस प्रकरणका कारण उनी अमेरिकी राष्ट्रिय सुरक्षा अनुसन्धानको घेरामा समेत परेका छन्।
कृत्रिम बौद्धिकताको क्षेत्रका अग्रणी मानिने ६३ वर्षीय ह्वाङमाथि अमेरिकी गुप्तचर अधिकारीहरूले बेइजिङका लागि जासुसी गरिरहेको आशङ्का गरिएकी चिनियाँ व्यवसायी एलिस ह्वाङसँग निकट सम्बन्ध राखेको आरोप लगाएका हुन् । यस घटना सार्वजनिक भएसँगै जेन्सेन ह्वाङले आइतबार आफ्नी पत्नी तथा परिवारसँग सार्वजनिक रूपमा माफी माग्दै आफूबाट भूल भएको स्वीकार गरेका छन् । अमेरिकाको न्युयोर्क टाइम्सको प्रतिवेदन अनुसार चिनियाँ गुप्तचर संस्थाले एलिस ह्वाङलाई जासुसीका लागि परिचालन गरेको अमेरिकी अधिकारीहरूको अनुमान छ।
Read full story at source ( khabarhub.com )