Trending
Prev Story
Next Story

चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

Nagarik News •
October 30, 2026 • 02:16 AM
1
1 reads 0 reactions

अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

विश्वकै ठुलो एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङ र चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलाबिचको सम्बन्धले अमेरिकामा चासो बढाएको छ।

अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

सिंगापुरको डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व कर्मचारी एलिस हुआङ र जेन्सेनबिच निकट सम्बन्ध रहेको अमेरिकी अधिकारीहरूले पत्ता लगाएका थिए। सन् २०२४ जुनमा ताइवानको ताइपेईमा आयोजित प्रविधि प्रदर्शनीपछि उनीहरू एक बारमा सँगै देखिएका थिए। त्यस्तै, सन् २०२५ मेमा पनि उनीहरू एक रेस्टुरेन्टबाट सँगै बाहिर निस्किएका थिए।

अमेरिकी अधिकारीहरूलाई एलिसले जेन्सेनसँगको सम्बन्ध प्रयोग गरेर अमेरिकाको अत्याधुनिक एआई चिप प्रविधि र राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसम्बन्धी नीतिबारे गोप्य सूचना संकलन गरेको हुन सक्ने आशंका छ। तर जेन्सेनले उनलाई गोप्य सूचना दिएको प्रमाण सार्वजनिक भएको छैन।

अमेरिकी अधिकारीहरूले मेगास्पिड र यससँग जोडिएका कम्पनीले अमेरिकाको प्रतिबन्ध छल्दै चीनलाई अत्याधुनिक चिप उपलब्ध गराएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। सन् २०२४ को अन्त्यतिर मलेसियामा रहेको मेगास्पिडको डाटा सेन्टर जाँच गर्दा एनभिडियाका चिप भएका नखोलिएका बाकस फेला परेका थिए। त्यसपछि ती चिप मलेसियामा प्रयोग नगरी चीन पठाइएको हुन सक्ने आशंका गरिएको थियो।

सन् २०२४ जुनदेखि सन् २०२६ फेब्रुअरीसम्म मेगास्पिडसँग सम्बन्धित मलेसियाली कम्पनीले करिब ४.८ अर्ब अमेरिकी डलर बराबरका अत्याधुनिक चिप खरिद गरेको थियो। ती चिप चीन पुर्‍याइएको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशंका छ। मेगास्पिडले आफ्ना उपकरण चिनियाँ कम्पनी अलिबाबासहितका ग्राहकलाई भाडामा दिने गरेको पनि रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस विषयमा करिब एक वर्षअघि नै जानकारी गराइएको थियो। तर एनभिडियाको व्यापार र अमेरिकी अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै तत्काल कडा कदम चालिएन।

यसैबिच, ट्रम्प प्रशासनले चीनमा एनभिडियाका केही चिप बेच्न अनुमति दिँदै त्यसबाट प्राप्त आम्दानीको २५ प्रतिशत अमेरिकी सरकारलाई दिने व्यवस्था गरेको थियो।

एनभिडियाका प्रवक्ता जोन रिजोले भने जेन्सेन र एलिसबिचको भेट सामान्य व्यावसायिक भेटघाट भएको बताएका छन्। उनका अनुसार एनभिडियाका प्रमुखले हरेक वर्ष विश्वभरका हजारौं व्यावसायिक व्यक्तिसँग भेट्ने गर्छन्।

उनले मेगास्पिडजस्ता ग्राहकलाई सामान्य व्यावसायिक जानकारी मात्रै दिइने र कुनै गोप्य प्रविधि वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना नदिइएको बताएका छन्। मेगास्पिडले पनि अनुसन्धानमा अमेरिकी सरकारलाई सहयोग गर्ने जनाएको छ। चिनियाँ दूतावासले जासुसीसम्बन्धी आरोप अस्वीकार गरेको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ०८:०१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
चिनियाँ गुप्तचर प्रकरणपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

चिनियाँ गुप्तचर प्रकरणपछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एजेन्सी । विश्वको शीर्ष एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले आफ्नो पदबाट राजीनामा दिएका छन् । चिनियाँ गुप्तचरको रूपमा शंका गरिएकी महिला र आफ्नै कम्पनीकी कर्मचार...

#गुप्तचर #चिनियाँ #एनभिडिया
Compare →
Ekantipur
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

#सम्बन्ध #चिनियाँ
Compare →
Bizshala
17h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →
Onlinekhabar
1d ago
ताइवानसँग चिनियाँ राष्ट्रपतिको आह्वान- शान्तिपूर्ण एकीकरण

ताइवानसँग चिनियाँ राष्ट्रपतिको आह्वान- शान्तिपूर्ण एकीकरण

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग ‘शान्तिपूर्ण एकीकरण’को लागि आह्वान गरेका छन् । बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै शान्तिपूर्ण एकीकरणमा आउन …

#चिनियाँ
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ
Compare →

Related Stories

World News
Build #2611