Trending
Prev Story
Next Story

एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्?

Onlinekhabar •
November 09, 2026 • 01:01 PM
1
1 reads 0 reactions

चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म निगरानीको घेरामा परेकी छन्। 'ह्वाङ ले' को नामले पनि चिनिने उनी सिङ्गापुरस्थित …

एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्?

चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म निगरानीको घेरामा परेकी छन्।

‘ह्वाङ ले’ को नामले पनि चिनिने उनी सिङ्गापुरस्थित प्रविधि कम्पनी ‘मेगास्पीड’ की पूर्व वरिष्ठ कार्यकारी हुन्। द न्युयोर्क टाइम्सको गत महिनाको एक प्रतिवेदन अनुसार, अमेरिकी गुप्तचर निकायहरूले चिनियाँ नागरिक एलिसले एनभिडियाका प्रमुखसँग प्रेम सम्बन्ध गाँसेकी थिइन् र उनी बेइजिङलाई सोझै सूचनाहरू उपलब्ध गराइरहेकी थिइन् भन्ने कुरा पत्ता लगाएका थिए।

द न्युयोर्क टाइम्सलाई मेगास्पीडले दिएको एक वक्तव्य अनुसार, उसको ‘वर्तमान नेतृत्व’ ले यस विषयलाई अत्यन्तै गम्भीरतापूर्वक लिएको छ र यी आरोपहरूको पछाडि रहेका तथ्यहरू सार्वजनिक गर्न प्रतिबद्ध छ।

कम्पनीले यस विषयमा आन्तरिक छानबिन गर्न आदेश दिएको र त्यो छानबिन बाह्य कानुनी सल्लाहकारद्वारा गरिने जनाइएको छ।

विवरणहरू अनुसार ह्वाङको व्यावसायिक पृष्ठभूमि पत्रकारिता, बैंकिङ र लगानी व्यवस्थापन क्षेत्रमा फैलिएको छ। चिनियाँ निजी-कोष डाटाबेस (प्राइभेट–फन्ड डेटाबेस) मा रहेको उनको प्रोफाइलले उनलाई पूर्व टेलिभिजन पत्रकारका रूपमा वर्णन गर्छ, जसले हुनान टिभी र चीनको राज्य प्रसारण संस्था सीसीटीभीसँग काम गरेकी थिइन्।

उनले एचएसबीसी बैंकको प्राइभेट बैंकिङ डिभिजनका अध्यक्षको सहयोगीका रूपमा समेत काम गरेको जनाइएको छ।

उही थर भए तापनि, एलिस ह्वाङ एनभिडियाका सीईओसँग नाताले कुनै सम्बन्धित व्यक्ति होइनन्।

जेन्सेन ह्वाङले आइतबार आफ्नी पत्नीप्रति अविश्वासी रहेको स्वीकार गरे र आफ्ना कार्यहरूको ‘पूर्ण जिम्मेवारी’ लिए, जब कि प्रविधि क्षेत्रको यो विशाल कम्पनीले उनीमाथि संदिग्ध चिनियाँ गुप्तचरसँग सम्बन्ध रहेको भनी आएका प्रतिवेदनहरूबारे स्वतन्त्र अनुसन्धान सुरु गर्‍यो।

द वासिङ्टन पोस्टका अनुसार कर्मचारीहरूलाई पठाएको एक सन्देशमा ह्वाङले लेखे, ‘म मेरो पत्नीप्रति अविश्वासी भएँ। मेरो व्यवहारले उनी र हाम्रा बालबच्चालाई चोट पुर्‍याएको छ। मैले जे गरेँ त्यसका लागि कुनै बहाना हुन सक्दैन। म गहिरो दुःख व्यक्त गर्दछु।’

ह्वाङले भने, ‘मैले जे गरेँ र त्यसबाट जुन चोट पुग्यो, म त्यसको पूर्ण जिम्मेवारी लिन्छु, र यससँगै आउने आलोचनाहरूलाई स्वीकार गर्छु।’

यस विषयमा जारी अनुसन्धानका क्रममा ह्वाङ एनभिडियाका सीईओकै रूपमा निरन्तर रहने कम्पनीले जनाएको छ।

‘आजको समाचारले एनभिडियाको गतिलाई ढिला बनाउने छैन। जेन्सेन बिना कुनै अवरोध सीईओका रूपमा एनभिडियाको नेतृत्व जारी राख्न प्रतिबद्ध हुनुहुन्छ,’ फोक्स बिजनेसका अनुसार कम्पनीका प्रवक्ताले भनेका छन्।

एनभिडियाको सञ्चालक समितिले बाह्य कानुनी सल्लाहकार र स्वतन्त्र निर्देशकहरूले छानबिनको निरीक्षण गर्ने उल्लेख गरेको छ।

‘सञ्चालक समितिसँग राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोपनीय विषयहरूमा कुनै सम्झौता भएको विश्वास गर्ने कुनै कारण नभए तापनि, सञ्चालक समितिको अनुसन्धानले उपलब्ध सबै सूचनाहरूको परीक्षण गर्नेछ,’ सञ्चालक समितिले भनेको छ।

निर्देशकहरूले अमेरिकी राष्ट्रिय र आर्थिक सुरक्षा एनभिडियाको कर्पोरेट तथा शेयरधनीहरूको हितभन्दा अगाडि आउने कुरामा जोड दिएका छन्।

चीनद्वारा गुप्तचरीका दाबीहरू अस्वीकार

चीनको सरकारी दैनिक पत्रिका ‘ग्लोबल टाइम्स’ ले अमेरिकी सञ्चारमाध्यमहरूमाथि काल्पनिक गुप्तचरीको भाष्य खडा गरेको आरोप लगाउँदै यी जासुसीका दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

द स्ट्रेट्स टाइम्सका अनुसार उक्त सम्पादकीय टिप्पणीमा भनिएको छ, ‘एसियाली अनुहारहरू देखिने केही तस्बिरहरू र चीनमाथिका व्यापारिक प्रतिबन्धहरू खुकुलो पार्न एनभिडियाले विगतमा गरेका प्रयासहरू नै यसका लागि पर्याप्त बनाइयो। आफूलाई लामो समयदेखि ‘निष्पक्ष’ भनेर प्रस्तुत गर्दै आएका अमेरिकी सञ्चारमाध्यमहरूले ठीक यसरी नै कथाहरूको निर्माण गर्छन्।’

‘जब-जब चीन-अमेरिका सम्बन्धमा सुधार आउन थाल्छ, तब-तब कसै न कसैले पछाडिबाट चिसो गोली प्रहार गर्छ,’ पत्रिकाले लेखेको छ।

त्यसैगरी उक्त पत्रिकाले यस्ता ‘चीन-विरोधी पटकथा’ ले बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई बिगार्ने चेतावनीसमेत दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
जेन्सेन ह्वाङको बहिर्गमनपछि एनभिडियाको वर्चस्वमा धक्का, प्रतिस्पर्धी चिप कम्पनीको सेयरमा उछाल

जेन्सेन ह्वाङको बहिर्गमनपछि एनभिडियाको वर्चस्वमा धक्का, प्रतिस्पर्धी चिप कम्पनीको सेयरमा उछाल

एजेन्सी । प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको राजीनामापछि एनभिडियामा देखिएको नेतृत्व संकटले उसका प्रमुख प्रतिस्पर्धी र साझेदार कम्पनीहरूका लागि नयाँ अवसरको ढोका खोलिदिएको छ । ह्वाङको बहिर्गमनस...

#ह्वाङ #एनभिडिया
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#ह्वाङ #एनभिडिया
Compare →
Ekantipur
1d ago
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।

#सम्बन्ध #एनभिडिया #चिनियाँ
Compare →
Bizshala
1d ago
एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा...

#एनभिडिया
Compare →
Nagarik News
12h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#एनभिडिया
Compare →

Related Stories

Technology
Build #2611