नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल भईरहेको छ । शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज मंगलबार एक मात्र खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच रोचक प्रतिस्पर्धा भईरहेको छ । छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका विनोद पाण्डे, हिमेश बज्राचार्य र फोटो पत्रकार हेमन्त श्रेष्ठ र अंगद ढकाल छन् भने इकान्तिपुरको डेस्कमा सुशील पौडेल छन् ।
सुदूरपश्चिमको तेस्रो विकेट लिने क्रममा जनकपुर बोल्ट्सका हरमित सिंहले इशान पाण्डेलाई बोल्ड आउट गरिदिएका छन् । नवौं ओभरको तेस्रो बलमा हरमितले इशानलाई मात्र ३ रनको अवस्थामा पेभेलियनको बाटो देखाईदिएका हुन् । सुदूरपश्चिम यतिबेला ५१ बलमा ५५ रन बनाएर खेलिरहेको छ ।
जनकपुर बोल्ट्सका बलर राहुल यादवले सुदूरपश्चिमका ब्याटर सेफ जैबलाई १० रनमा छँदा बोल्ड आउट गरेका हुन् । सेफले यसअघि एनपीएलको यस सिजनमा कर्णाली याक्सविरुद्ध बनाएको ३५ रन नै सर्वाधिक रह्यो ।
सुदूरपश्चिम रोयल्सले पहिलो पावरप्लेको समाप्तीमा महत्वपूर्ण २ विकेट गुमाएर ३५ रन जोड्यो । अहिले क्रिजमा ब्रान्डम म्याकमुलन र इशान पाण्डे छन् ।
सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा सेफ जैब पनि पेभेलियन फर्किएका छन् । उनले व्यक्तिगत १० रन जोड्दा राहुल यादवको बलमा आउट भए । यसअघि विनोद भण्डारी पनि १० रन बनाएर नै रनआउट भएका थिए ।
आजको खेलमा जनकपुर बोल्ट्सविरुद्ध ओपनरका रुपमा ब्याटिङमा आएका विनोद भण्डारी मात्र १० रन बनाउने क्रममा रनआउट भए । यसमा उनका दुई चौका सामेल थिए । यसअघि एनपीएलको तेस्रो सिजनमा खेलेकामध्ये पछिल्लो कर्णाली याक्सविरुद्धको खेलमा उनले आफ्नो व्यक्तिगत सर्वाधिक २७ रन जोडेका थिए । त्यसबाहेक चितवन राइनोजविरुद्ध ११ रन, पोखरा राइनोजविरुद्ध ४ रन तथा लुम्बिनी लायन्सविरुद्ध ९ रन बनाएर आउट भएका थिए । उनी विराटनगर किंग्सविरुद्ध भने प्लेईंग सेटमा थिएनन् ।
ललित राजवंशीको सिधा थ्रोमा विनोद भण्डारी १० रन बनाई रनआउट भएका छन् ।
जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको सुदूरपश्चिम रोयल्सले ३ ओभरमा विना विकेट क्षति २१ रन जोडेको छ । जनकपुरका लागि सेफ जैबले ७ रन र विनोद भण्डारीले ९ रन बनाएर खेलिरहेका छन् ।
नेपाल प्रिमियर लिगको तेस्रो सिजन अन्तर्गत मंगलबार भईरहेको २१ औं खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा विना विकेट क्षति ५ रन जोडेको छ । जनकपुरका लागि सेफ जैबले ४ रन र विनोद भण्डारीले १ रन बनाएर खेलिरहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज मंगलबार एक मात्र खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच रोचक प्रतिस्पर्धा भईरहेको छ । छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका विनोद पाण्डे, हिमेश बज्राचार्य र फोटो पत्रकार हेमन्त श्रेष्ठ र अंगद ढकाल छन् भने इकान्तिपुरको डेस्कमा सुशील पौडेल छन् ।
जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह पहिलो पटक सुदूरपश्चिम रोयल्सविरुद्ध खेलिरहेका छन् । अघिल्लो दुई सिजन हरमितले सुदूरपश्चिमबाट खेलेका थिए र आफ्नो प्रभावशाली प्रदर्शनमा दुबै पटक टोलीलाई फाइनलमा पुर्याएका थिए ।
सुदूरपश्चिमले अघिल्लो खेल खेलेको टोलीबाट कुनै परिवर्तन गरेको छैन । कर्णाली याक्सविरुद्ध अघिल्लो खेलमा ३९ रनको विजय हात पारेको टोलीलाई नै विश्वास राखेको छ ।
जनकपुर बोल्ट्सले जिम्बावेका रायन बर्ल र आयरल्यान्डका हृयारी ट्रक्टरलाई खेलाएको छ । उनीहरु दुबै प्रतियोगितामा पहिलो खेल खेलिरहेका हुन् । बर्ल र ट्रक्टरले बंगलादेशी जोडी परवेज इमाने र सैफ हसनको स्थान लिने छन् । राष्ट्रिय टोलीमा बोलाइएपछि दुबै बंगलादेश फर्किसकेका छन् ।
सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।