Trending
Prev Story
Next Story

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

Onlinekhabar •
November 10, 2026 • 11:30 AM
1
1 reads 0 reactions

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको …

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिए ।

घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो ।

दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा कात्तिक २४ गते बिहान ७ बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पार्थिव शरीर कोहलपुर ल्याउने तयारी भइरहेको डीएसपी बोहराले बताए ।

बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल सोमबार बिहान ७ः२५ बजे बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
9h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#घाइते #दुर्घटना
Compare →
Nagarik News
10h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #दुर्घटना
Compare →
Hamro Patro News
5h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल #घाइते #मृत्यु
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2611