काठमाडौं । श्रीलंकाका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा आबद्ध भएका छन् । विराटनगर किंग्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्याथ्युजलाई आफ्नो टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो ।
विश्व क्रिकेटका एक स्थापित र व्यावसायिक खेलाडीलाई टोलीमा अनुबन्ध गर्न पाउँदा क्लब निकै उत्साहित रहेको विराटनगर किंग्सका प्रतिनिधिले जनाएका छन् । म्याथ्युजको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष मजबुत हुने र युवा नेपाली खेलाडीहरूले उनको अनुभवबाट धेरै कुरा सिक्न पाउने विश्वास टिमले लिएको छ ।
Read full story at source ( nepalpress.com )