तिहार उज्यालो, फूल, सुगन्ध, सङ्गीत र आत्मीयताको पर्व हो । यसको महत्त्व बाहिरी सजावट र रमाइलोमा मात्र सीमित छैन । काग, कुकुर, गाई र गोरुजस्ता प्राणीको सम्मानपूर्वक पूजा गर्ने परम्पराले मानिसलाई आफू वरिपरिको जीवजगत्प्रति कृतज्ञ र संवेदनशील हुन सिकाउँछ । तिहारको मूल सांस्कृतिक स्वरूप पूजा, सम्मान, करुणा र सहअस्तित्वमा आधारित छ । लक्ष्मीपूजा, देउसीभैलो, भाइटीका र नेवार समुदायको मौलिक म्हपूजाले यस पर्वलाई धार्मिक, सांस्कृतिक, सामाजिक तथा दार्शनिक दृष्टिले समृद्ध बनाएका छन् । जीवप्रेम, आत्मीयता र उज्यालो चेतनाको यही समन्वयले तिहारलाई विशेष बनाएको छ ।
Read full story at source ( baahrakhari.com )