भौतिकवादी हुनु भनेको आफ्नो मौलिक संस्कृति, संस्कार, परम्परा र पहिचान त्याग्नु होइन। बरु संस्कृतिका प्रगतिशील, मानवीय र सिर्जनात्मक पक्षको संरक्षण गर्दै त्यसमा रहेका अन्धविश्वास, रूढिवाद, जातीय विभेद, छुवाछुत, महिला हिंसा, अन्याय, अत्याचार र वर्गीय शोषणको अन्त्य गर्नु हो। संस्कृति मानव समाजको साझा सम्पदा हो। यसको संरक्षण र रूपान्तरण वैज्ञानिक चेतना, सामाजिक न्याय र मानवीय मूल्यका आधारमा हुनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )