मुगुको छायानाथ रारा नगरपालिका– ४ र ५ अन्तर्गत भामवाडा र कार्कीवडाका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट ६ हजार १०० जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएकाछन् ।
यस क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्थघर प्रालिको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । शिविरमा छाया नेपाल, हिमाली ग्रामीण युवा सामुदायिक विकास केन्द्र, मुगुले आषधी सहयोग र जिल्ला अस्पताल मुगुको प्राविधिक सहयोग रहेको हेल्थघर प्रालिका संस्थापक अध्यक्ष सरोज रोकायाले जानकारी दिनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )