Trending
Prev Story
Next Story

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

Ekantipur •
November 09, 2026 • 03:01 PM
1
1 reads 0 reactions

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

नयाँदिल्ली — भारतमा आइतबार रातभरि भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको स्थानीय प्रहरीले सोमबार पुष्टि गरेको छ ।

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

यी घटनाहरू आइतबार मनाइएको वार्षिक चाड ‘दिवाली’ को रातमा भएका हुन्। प्रहरीका अनुसार आगलागीबाट सिओनी जिल्लामा एक परिवारका छ जना सदस्यहरूको मृत्यु भएका र चार जना घाइते भएका छन् । उनीहरूको तीनतले घरभित्र ठूलो आगोलागी भएपछि उनीहरूको हताहत भएको हो ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

त्यसैगरी, कटनी जिल्लाको बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ ।

आगोलागीको कारण अज्ञात रहेको स्थानीय प्रहरीले बताएका छन् ।

तेस्रो घटनामा परिवारका छ जना सदस्यहरू निदाएको अवस्थामा घरभित्र आगो फैलिएपछि निस्केको धुवाँले गर्दा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

मकवानपुरसहित विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित सडकमा हायस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएक...

#मृत्यु #घटनामा #जनाको
Compare →
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2611