प्रिय भाइ ! तिहार फेरि आएको छ । घरका आँगनमा सयपत्री र मखमली फुल्न थालेका छन् । बजारमा सप्तरङ्गी टीका र माला सजिन थालेका छन् । घरघरमा दियो बाल्ने, मिठाई बनाउने र भाइटीकाको तयारी सुरु भएको छ । चारैतिर चाडपर्वको रौनक छ, तर यो रौनकको बीचमा मेरो मनले खोजिरहेको एउटा अनुहार भने यसपालि पनि सात समुद्रपारि छ ।
भाइ, तिमीलाई सम्बोधन गर्दा सधैँ एउटा कुरा मनमा आउँछ, मेरो लागि तिमी भाइ मात्र कहाँ हौ र ?
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )