काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम सञ्चालनमा समयसीमा नतोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन भन्दै सात बुँदे निर्देशन जारी गरेको हो।
मन्त्रालयले सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन हुने गरी तिहार पर्व हर्षोल्लासपूर्वक मनाउने वातावरण बनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )