Trending
Prev Story
Next Story

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

Onlinekhabar •
November 09, 2026 • 12:01 PM
1
1 reads 0 reactions

२३ कात्तिक,  खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली …

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

२३ कात्तिक,  खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली फर्किएको हो ।

प्रख्यात गत कात्तिक ४ गतेदेखि ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका–६ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोशीस्थित जयरामबाट सम्पर्कविहीन बनेको बुवा प्रकाशहरि क्याम्पा राईले बताए ।

साँस्कृतिक कार्यक्रममा जाने भन्दै हिँडेपछि सम्पर्कविहीन बनेका प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी वल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी नायव निरीक्षक प्रकाश ढकालको नेतृत्वमा चार जना गोताखोरसहित नौ जनाको टोली परिचालित भएका थिए ।

जयरामदेखि दूधकोशीको सम्भावित क्षेत्रमा कात्तिक २१ र कात्तिक २२ गते खोजी गर्दा नभेटिएपछि गोताखोरको टोली फर्किएको स्थानीय हुकुमसिंह राईले बताए । सशस्त्र प्रहरीले नेपाल प्रहरी, बेपत्ता युवाको परिवार, आफन्त तथा जनप्रतिनिधिको उपस्थितिमा जयरामदेखि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवासम्म खोजी गरेका थिए ।

मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा जाने भन्दै राति साढे ९ बजे घरबाट हिडेका प्रख्यात हालसम्म बेपत्ता छन् । घरबाट साँस्कृतिक कार्यक्रममा जाने भन्दै हिँडे पनि प्रख्यात कार्यक्रमस्थलमा भने नपुगेको स्थानीयले बताएका छन् ।

शसस्त्र प्रहरी बल नेपाल मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेस हर्कपुरका प्रहरी नायब निरिक्षक रमेशकुमार बोहोरा नेतृत्वको टोलीले कात्तिक १६ गते मानेभञ्ज्याङ गाउँपालिका–६ सोदुखोलादेखि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको चारबोटेसम्मको दूधकोशी किनारमा खोजी गरेका थिए तर अस्थायी सुरक्षा बेस हर्कपुरले फेला नपारेपछि खुर्कोटबाट गोताखोर सहितको टोली झिकाइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

दशैँमा हराएका प्रख्यात नभेटेपछि दूधकोशीबाट फर्किए गोताखोर

२३ कात्तिक, खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात रा...

#प्रख्यात #दूधकोशी #गोताखोर
Compare →
Ekantipur
1w ago
पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी

पाँच फिट हिउँ छिचोल्दै ताक्लाकोटबाट फर्किए दार्चुलाका व्यापारी

हिउँले बाटो पुरिएपछि २० जना मानिस र १०० वटा याक तथा झुपु परिचालन गरेर दुई दिनमा बाटो खोलियो ।

#फर्किए
Compare →

Related Stories

Technology
Build #2611