२३ कात्तिक, खोटाङ । दूधकोशीको जयरामबाट बेपत्ता भएको भनिएका ओखलढुंगाका युवा नभेटिएपछि गोताखोरको टोली फर्किएको छ । दूधकोशीमा बेपत्ता भएको भनिएका मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोर सहितको टोली फर्किएको हो ।
प्रख्यात गत कात्तिक ४ गतेदेखि ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका–६ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोशीस्थित जयरामबाट सम्पर्कविहीन बनेको बुवा प्रकाशहरि क्याम्पा राईले बताए ।
Read full story at source ( onlinekhabar.com )