Trending
Prev Story
Next Story

युवराजको शतक मदतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

Onlinekhabar •
November 09, 2026 • 11:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक,  काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ । लगातार चार खेलमा …

युवराजको शतक मदतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

२३ कात्तिक,  काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ ।

लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको छ । पोखराले ५ खेलबाट २ अंक जोडेको छ ।

उता सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार हो र यसले टोलीको प्लेअफ यात्रामा समेत धक्का लागेको छ । कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ । कर्णाली ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।

पोखराले दिएको यस सिजनकै सबैभन्दा ठूलो २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि पवन सर्राफले ३० बल खेल्दै १ चौका र २ छक्का मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले १३ बलमा समान २ चौका र २ छक्का मदतमा २४ रन बनाए भने दीपक डुम्रेले आक्रमक ब्याटिङ गर्दै ७ बलमा १ चौका र३ छक्का मदतमा २२ रन जोडे ।

कप्तान सोमपाल कामीले २१ रन बनाए । उनी एनपीएलकै दुर्लभ विकेटका रुपमा आउट भए । १५ ओ ओभरको अन्तिम बलमा बललाई दुई पटक प्रहार गरेपछि सोमपाल अब्सट्रक्टिङ फिल्डको रुपमा आउट भएका हुन् । सूर्य तामाङले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर जिशान आलमले खाता खोल्न सकेनन् भने मार्क वाट ८, डेभिड मिलर ७, गुल्सन झा २, नन्दन यादव ३ रनमा आउट भए । युवराज खत्री १ रनमा अविजित रहे ।

कर्णालीलाई अलआउट गर्न पोखराका लागि धनन्जय लक्षणले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । धनन्जय लक्षण र कुशल भुर्तेलले २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि युवराज सिंह सम्राले यस सिजनकै पहिलो शतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् । यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाली याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए ।

ओपनर महेदी असन १६ बलमा व्यक्तिगतमा ५ रन बनाएर आउट भएपछि सम्राले दोस्रो विकेटका लागि सम्रा र भुर्तेलले १३६ रनको साझेदारी गरेका थिए । यस सिजन यो तेस्रो शतकिय साझेदारी हो भने कुनै पनि विकेटका लागि उच्च साझेदारी समेत हो ।

यस्तै एनपीएल इतिहासमा यो उच्च साझेदारी हो । यसअघि सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्स विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए । ओपनर हसन सस्तैमा आउट भएपछि सम्राले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि शतकिय साझेदारी गर्दै पोखराको इनिङ्स अघि बढाएका थिए ।

सम्रा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नले आक्मरक ब्याटिङ गर्दै २०० रन कटाउन मदत गरे । करुणारत्नेले केमियो इनिङ्स खेल्दै ११ बलमा ३ चौका र ३ छक्का मदतमा अविजित २५ रन जोडे । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे ।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । यस्तै मार्क वाटले १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
7h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
10h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2611