Trending
Prev Story
Next Story

को थिए लुसिफर ?

Onlinekhabar •
November 09, 2026 • 10:00 AM
1
1 reads 0 reactions

लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए ।  उनमा आफ्नो शक्ति र सुन्दरतामाथि  घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले …

को थिए लुसिफर ?

लुसिफर इसाई धार्मिक मान्यताअनुसार स्वर्गका सबैभन्दा सुन्दर र शक्तिशाली देवदूत थिए ।  उनमा आफ्नो शक्ति र सुन्दरतामाथि  घमण्ड थियो । उनी ईश्वरकै बराबरी हुन खोजेपछि स्वर्गबाट निकालिएको विश्वास गरिन्छ । त्यसपछि शैतानका रूपमा चिनिन थाले ।

रोचक कुरा के छ भने ‘लुसिफर’ शब्दको अर्थ प्रकाश बोकेर हिँड्ने भन्ने हुन्छ । रोमनहरूले सूर्योदयअघि पूर्वी आकाशमा देखिने चम्किलो शुक्र ग्रहलाई लुसिफर भन्थे । त्यो ग्रह बिहानको उज्यालो आउन लागेको सङ्केतका रूपमा देखिन्थ्यो । त्यसबेला यस नामको कुनै नराम्रो अर्थ थिएन ।

तर, पछि यही नाम शैतानसँग जोडिन पुग्यो । यसको सुरुवात बाइबलको यशैयाको पुस्तकबाट भएको मानिन्छ । त्यहाँ बेबिलोनका घमण्डी राजाको पतनबारे वर्णन गरिएको छ । उनलाई बिहानको चम्किलो तारासँग तुलना गरिएको थियो । चौथो शताब्दीमा जेरोमले बाइबललाई ल्याटिन भाषामा अनुवाद गर्दा उक्त शब्दलाई ‘लुसिफर’ लेखे । उनको आशय बिहान देखिने चम्किलो तारासँग थियो, शैतानसँग होइन ।

पछि इसाई धर्मका केही विद्वानले उक्त प्रसङ्गलाई स्वर्गबाट पतन भएको देवदूतको कथासँग जोडे। बाइबलका अन्य प्रसङ्ग पनि यसमा मिसाइए । यसरी लुसिफरलाई स्वर्गबाट निकालिएको देवदूतका रूपमा व्याख्या गर्न थालियो

धार्मिक कथाअनुसार लुसिफर स्वर्गका सबैभन्दा तेजस्वी देवदूत थिए । उनी ईश्वरको सिंहासननजिकै बस्थे । ईश्वरबाट प्राप्त प्रकाश अरूसम्म पुर्‍याउनु उनको काम थियो ।

तर, बिस्तारै उनी आफूलाई अरूभन्दा महान् ठान्न थाले । ईश्वरको अधीनमा बस्नुभन्दा आफैँ सबैभन्दा शक्तिशाली बन्ने चाहना राखे । आफूलाई सबैले पूजा गर्नुपर्छ भन्ने घमण्ड उनमा बढ्दै गयो । अन्ततः उनले ईश्वरविरुद्ध विद्रोह गरे ।

त्यसपछि प्रधान देवदूत माइकल र लुसिफरका पक्षका देवदूतबीच स्वर्गमा युद्ध भयो । लुसिफर पराजित भए र आफ्ना अनुयायीसहित स्वर्गबाट निकालिए । कथाअनुसार स्वर्गका एकतिहाइ देवदूत पनि उनीसँगै निकालिएका थिए ।

लुसिफरलाई सुरुमा अत्यन्त सुन्दर र तेजस्वी देवदूतका रूपमा चित्रण गरिन्छ । तर, स्वर्गबाट निकालिएपछि उनको स्वरूप अँध्यारो र डरलाग्दो भएको मानिन्छ । पछि कलाकारहरूले उनलाई सिङ, चमेराका पखेटा र विकृत शरीर भएको दानवका रूपमा चित्रण गर्न थाले ।

इसाई मान्यतामा लुसिफर र शैतान एउटै पात्र हुन् । लुसिफरलाई स्वर्गबाट पतन हुनुअघिको नाम र शैतानलाई पतनपछिको नामका रूपमा बुझिन्छ। शैतानको अर्थ विरोधी वा शत्रु भन्ने हुन्छ ।

कथाअनुसार लुसिफर मानिसलाई गलत बाटोमा लैजान प्रलोभन दिन्छन् । तर, कसैलाई जबर्जस्ती पाप गर्न लगाउन सक्दैनन् । मानिस आफैँ गलत निर्णय गरोस् भन्ने प्रयास गर्छन् ।

लुसिफरको कथाले अहंकार र घमण्डले शक्तिशाली व्यक्तिलाई पनि पतन गराउन सक्छ भन्ने सन्देश दिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
लुसिफर गीतसँगै रोमान्टिक मुडमा प्रधानमन्त्री बालेन

लुसिफर गीतसँगै रोमान्टिक मुडमा प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहार बिदामा लुसिफर गीतसँगै विन्दास (रोमान्टिक) मुडमा फोटो सार्वजनिक गरेका छन्। फेसबुकमा उनले एक हातले कपाल सुम्सुम्याएर रोमान्टिक जस्ता देखिने गरी तस्वीर सार्व...

#लुसिफर
Compare →

Related Stories

Business & Economy
Build #2611