Trending
Prev Story
Next Story

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

Onlinekhabar •
November 09, 2026 • 10:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन …

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् ।

उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’

फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जानुभन्दा पहिले रूबियोले भने, ‘म भन्न सक्दिन, हामी कुनै सफलताको नजिक छौँ ।’

ट्रम्प प्रशासनले द्वन्द्वको कूटनीतिक समाधानलाई प्राथमिकता दिएको कुरा उनले दोहोर्‍याए ।

आइतबारको अघिल्लो अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएनसँग वार्ताले प्रगति गरिरहेसम्म अमेरिका इरानमाथि ठूला सैन्य हमला फेरि सुरु गर्ने सम्भावना ‘अत्यन्त कम’ रहेको बताएका थिए । उनले थप सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेनन् ।

अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार ‘टास्क फोर्स आइरन गेट’ गठन गरेको घोषणा गरेको थियो ।

यो करिब २० जना सैन्य र नागरिक कर्मचारीहरूको एकाइ हो जसले अमेरिकी सरकारी निकायहरूबीच समन्वय गरी इरानका भूमि सीमा र अन्य मार्गहरूबाट उन्नत हतियार तथा अन्य सामग्रीको आवतजावत रोक्ने काम गर्नेछ ।

राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कार्यदल इरानमा ‘पूर्ण रूपमा सक्रिय’ छ र अमेरिकी नौसेनाको नाकाबन्दीका कारण इरान भएर वा इरान आउने निकै कम मात्र सामान आवतजावत हुन्छ ।’ रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको...

#इरान #कूटनीतिक #खासै
Compare →
Ekantipur
5h ago
कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

#कूटनीतिक
Compare →
Nagarik News
16h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#इरान #इरानसँग
Compare →

Related Stories

Politics & Governance
Build #2611