Trending
Prev Story
Next Story

मोहनी र किजापूजा

Hamro Patro News •
November 09, 2026 • 09:16 AM
2
2 reads 0 reactions

भाइबहिनीहरू, नेवार समुदायले फरक तरिकाले दसैँ–तिहार मनाउने गर्छन् । नेवार समुदायले दसैँलाई ‘मोहनी नखः’ का रूपमा मनाउँछन् । दसैँका बेला रातो टीका, जमरासँगै नेवार समुदायले सानो कालो टीका पनि लगाउँछन् ...

1 / 2
Swipe Photos

भाइबहिनीहरू, नेवार समुदायले फरक तरिकाले दसैँ–तिहार मनाउने गर्छन् । नेवार समुदायले दसैँलाई ‘मोहनी नखः’ का रूपमा मनाउँछन् । दसैँका बेला रातो टीका, जमरासँगै नेवार समुदायले सानो कालो टीका पनि लगाउँछन् । त्यो टीकालाई ‘मोहनी सिन्हा’ भनिन्छ । नेवारी भाषामा नखः भन्नाले चाड वा उत्सव भन्ने बुझिन्छ । त्यसैले दसैँलाई नेवार समुदायले ‘मोहनी नखः’ भन्छन् । दसैँको नवमीको दिन ‘मोहनी सिन्हा’ बनाउने विधि सुरु हुन्छ । जमरा राखिएको ठाउँमा दियो बालिन्छ । त्यसमाथि नेवारी भाषामा सली भनिने माटोको सानो प्याला घोप्ट्याएर राखिन्छ । दियोको कालो धुँवा त्यही घोप्ट्याइएको प्यालामा लाग्छ । जसलाई टीकाको दिन निकालिन्छ । त्यसमा तेल मिसाएर कालो टीका अर्थात् मोहनी सिन्हा तयार पारिन्छ ।

दसैँको अष्टमीको दिन नेवार समुदायमा कुछि भ्वय् खाने चलन छ । कुछि भन्नाले ‘दुई माना’ भन्ने अर्थ लाग्छ । परिवारका सदस्यहरू ज्येष्ठताका आधारमा लहरै बसेर केराको पातमा भोज खान्छन् । भोजमा चिउरा, गेडागुडी, मासुका परिकार, तरकारी, अचार राखिएको हुन्छ । यसै भोजलाई ‘कुछि भ्वय्’ भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
समयान्तर–विषयान्तर–रूपान्तर

समयान्तर–विषयान्तर–रूपान्तर

आज २० अक्टोबर ! सन् २०२६ ! म अमेरिकाको मरुभूमि सहर लस भेगासमा छु । २३ डिग्री सेल्सियस तापक्रममा म ल्यापटपको किबोर्डमा अक्षर चलाइरहेछु । यसलाई शब्दमा उतार्दा आज दसैँको टीका भनेर पण्डित राजेन्द्र खनालले …

#दसैँ #टीका
Compare →
Nagarik News
2w ago
टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना

टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना

विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।

#दसैँ #टीका
Compare →
Ekantipur
2w ago
धनकुटामा टीका–जमरा थाप्ने र फर्किनेको चहलपहल

धनकुटामा टीका–जमरा थाप्ने र फर्किनेको चहलपहल

बडादसैँको चौथो दिन पनि धनकुटामा टीका–जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। टीका–जमरा र आशीर्वाद थाप्न आफन्त तथा मान्यजनको घरमा जाने–आउनेको चहलपहल बढेको छ।

#दसैँ #टीका
Compare →

Related Stories

Technology
Build #2611