Trending
Prev Story
Next Story

दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

Nagarik News •
November 09, 2026 • 07:43 AM
1
1 reads 0 reactions

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन्।

दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन्।

तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिंदै उनले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताएका छन्।

उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गरेका छन्।

रैथाने सांस्कृतिक परम्परामा तिहारको महत्त्व रहेको जनाउँदै उपराष्ट्रपतिले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने बताएका छन्।

“लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिन्छ भने देउसी–भैलोले गाउँदेखि शहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ।

भाइटीका (भ्रातृ द्वितीया) ले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

उपराष्ट्रपतिले तिहारका अवसरमा मधेसमा गोवर्द्धन पूजा, सामुहिक रूपमा खेलिने ‘हुक्का–लोली’ (हुक्कापाति) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक भएको बताएका छन्।

गोवर्द्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्का–लोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मिता बलियो बनाउने उनको भनाइ छ।

यी परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्ने उपराष्ट्रपतिको विश्वास छ।

उपराष्ट्रपति यादवले तिहार दीप प्रज्वलनको पर्व मात्र नभई नेपाली सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीय र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव भएको बताएका छन्।

“घर–आँगनमा बालिने दीपले अन्धकार मात्र हटाउँदैनन्, तिनले आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो पनि छर्दछन्। यही उज्यालोले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको मार्ग प्रशस्त गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचान जोगाइराख्नु पनि हाम्रो साझा दायित्व बनेको उल्लेख गर्दै उपराष्ट्रपतले यस्ता पर्वले मौलिक संस्कृति, लोकपरम्परा, पारिवारिक मूल्य र सामुदायिक जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धनको अवसर प्रदान गर्ने बताएका छन्।

तिहारलाई केवल उत्सवका रूपमा नभई हाम्रो राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धनसँग जोडेर हेर्न आवश्यक रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा जनाइएको छ।

उपराष्ट्रपतिले आपसी वैमनस्यता, घृणा, विभेद र असहिष्णुताभन्दा माथि उठेर सहिष्णुता, सामाजिक न्याय, पारस्परिक सम्मान र राष्ट्रिय उत्तरदायित्वको भावना अभिवृद्धि गर्न प्रेरित गरोस् भनी कामना गरेका छन्।

उज्यालोको यस पर्वले सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणको साझा यात्रामा एकताबद्ध बनाउँदै समृद्ध, आत्मनिर्भर र सभ्य नेपालको सपना साकार पार्ने ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ।

उपराष्ट्रपतिले तिहार पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको भावनालाई अझ सुदृढ बनाउँदै देशलाई समुन्नति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी कामना गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०८३ १३:२८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला …

#एकता
Compare →
Hamro Patro News
2d ago
मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता...

#यादव #विश्वास
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव #विश्वास
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#यादव #विश्वास
Compare →

Related Stories

World News
Build #2611