Trending
Prev Story
Next Story

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

Onlinekhabar •
November 09, 2026 • 06:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन् पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ …

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

२३ कात्तिक, काठमाडौं । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन्

पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर घाइते भएका थिए ।

डीएसपी मल्लले अनलाइनखबरसँग भने, ‘बालकले फलामको पाइभित्र राखेर पटका पड्काएका रहेछन् । पटका पड्कने क्रममा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको रहेछ । उपचारका लागि अस्पताल ल्याइए पनि चिकित्सकले बालकलाई मृत घोषणा गरेको हो ।’

पटकाको छर्रा लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल ल्याइएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८:४५ बजे मृत्यु घोषणा गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
13h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#मृत्यु #क्रम
Compare →
Ekantipur
5h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2611