गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरायो। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावहता देखाउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति व्यहोर्नुपर्यो।
यो पीडा सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आयो। गत वर्ष पनि हिमताल फुटेर लेन्दे खोलामा बाढी आउँदा जनधनको क्षति भएको थियो। दुई वर्षअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा पनि एकाएक लेदोसहितको बाढी पसेको थियो। क्षणभरमै त्यहाँको बस्ती बगरमा परिणत भएको थियो।
Read full story at source ( setopati.com )