काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा सन्डरल्यान्डले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलमा सन्डरल्यान्डको जितका लागि एन्जो ले फीले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो। उनले खेलको ३६औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि सन्डरल्यान्ड १–० ले विजयी भयो ।
Read full story at source ( ratopati.com )