Trending
Prev Story
Next Story

काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण

Onlinekhabar •
November 08, 2026 • 03:00 PM
1
1 reads 0 reactions

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । एक करोड ७९ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा …

काभ्रेको सुन्डीखोलामा पौने दुई करोडमा पुल निर्माण

२२ कात्तिक, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । एक करोड ७९ लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स्थित एम÷एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताए ।

पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उनले बताए ।

१७ महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए ।

पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपतकालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
सुन्डीखोलामा पुल निर्माण

सुन्डीखोलामा पुल निर्माण

काभ्रे। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका–२ स...

#पुल #धुलिखेल #स्थित
Compare →
Nagarik News
5d ago
धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।

#पुल #धुलिखेल #सुन्डीखोला
Compare →
Ekantipur
3d ago
भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

#पुल
Compare →
Bizshala
12h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

World News
Build #2611