Trending
Prev Story
Next Story

फूल बेचेरै तिहार खर्चको जोहो

Onlinekhabar •
November 08, 2026 • 11:01 AM
1
1 reads 0 reactions

२२ कात्तिक, राँझा (बाँके)।  बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा …

फूल बेचेरै तिहार खर्चको जोहो

२२ कात्तिक, राँझा (बाँके)।  बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।

नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए। “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,” उनले भने, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो ।”

यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए।

तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।

उनका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ । जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ । भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन् ।

तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताए।  रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

रुपन्देही । तिहार र छठ पर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशमा यस वर्ष व्यावसायिक फूलखेती विस्तार भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट २७९ मेट्रिक टन फू...

#तिहार #फूल
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611