Trending
Prev Story
Next Story

फरक विचार भए पनि देशप्रेम साझा उद्देश्य : सविना काफ्ले

Ekantipur •
November 08, 2026 • 09:01 AM
1
1 reads 0 reactions

आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा उनले फरक राजनीतिक विचार भए पनि नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु सबैको साझा जिम्मेवारी रहेको बताइन् ।

फरक विचार भए पनि देशप्रेम साझा उद्देश्य : सविना काफ्ले

आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा उनले फरक राजनीतिक विचार भए पनि नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु सबैको साझा जिम्मेवारी रहेको बताइन् ।

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र साहकी पत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताएकी छन् । आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा उनले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकताबद्ध बनाउने बताएकी छन् ।

उनले नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताइन् । कुकुर तिहारको महत्त्वबारे चर्चा गर्दै काफ्लेले कुकुरको निष्ठा, प्रेम, वफादारिता र करुणालाई सम्मान गर्न यो पर्व मनाइने बताइन् । कुकुरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित नरहेको र विभिन्न समुदायका मौलिक परम्परा तथा पौराणिक कथामा समेत यसको विशेष स्थान रहेको उनले उल्लेख गरिन् ।

आफू कुकुर तिहार आयोजना गर्न प्रेरित हुनुको कारण सुनाउँदै उनले बाल्यकाल मोरङको उर्लाबारीमा बिताएको स्मरण गरिन् । जीवनका सुरुवाती १०–११ वर्ष उर्लाबारीमा बिताउँदा त्यहाँका हरेकजसो घरमा कुकुर पाल्ने चलन रहेको र कुकुर तिहारका अवसरमा सामूहिक पूजा तथा जमघट हुने गरेको उनले बताइन् । त्यसैगरी, श्राद्धका बेला हजुरबुबा र हजुरआमाले पितृहरू कुकुरको भेषमा आउने गरेको रोचक कथा सुनाउने गरेको स्मरण गर्दै यस्ता सांस्कृतिक कथाले बाल्यकालदेखि नै कुकुरप्रति लगाव बढाएको सुनाइन् ।

उनले भनिन्, ‘हाम्रा व्यक्तिगत तथा राजनीतिक विचार फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हुनु र नेपालको विशिष्टता विश्वसामु चिनाउनु हो । यही साझा उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ । कुकुर तिहारका दिन हामी कुकुरको निष्ठा, प्रेम, करुणा र वफादारीको सम्मान गर्दै पूजा गर्छौं । यसको सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित छैन, विभिन्न आदिवासी तथा जनजातिका संस्कृति र पौराणिक कथामा पनि कुकुरको विशेष स्थान रहेको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। ...

#साझा
Compare →
Nagarik News
3d ago
'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण प्रतीक भएको बताएका छन्।

#पहिचान #साझा
Compare →
Onlinekhabar
1w ago
भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ । मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक …

#उद्देश्य
Compare →

Related Stories

Opinion & Editorial
Build #2611