Trending
Prev Story
Next Story

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

Onlinekhabar •
November 08, 2026 • 08:00 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् । आइतबार कुकुर तिहारको …

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् ।

आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिएकी हुन् ।

उनकाअनुसार २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी अघि बढाइएको छ । लामो समयदेखि पशु अधिकार र कल्याणका क्षेत्रमा छुट्टै कानुनको माग हुँदै आएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको बताइन् ।

मन्त्री चौधरीले नेपालको संविधानले समेत पशु कल्याणसम्बन्धी व्यवस्था गरेको र मुलुकी अपराध संहिता, २०७४ मार्फत पशुपंक्षीको संरक्षण, लापरबाहीपूर्वक पालन, बेवारिसे रूपमा छोड्ने कार्य तथा निर्दयी व्यवहार नियन्त्रण गर्ने प्रावधान रहेको बताइन् ।

सोही कानुनअनुसार पशुमाथि हुने क्रूरतामा दण्ड तथा सजायको व्यवस्था गरिएको उनको भनाइ छ । त्यस्तै, पशु कल्याण निर्देशिका, २०७३ ले पशु कल्याणका लागि स्पष्ट मार्गनिर्देशन गरेको उनले बताइन् ।

निर्देशिकाले पशु ढुवानीका क्रममा हुने क्रूरता निषेध गर्नुका साथै कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्रै काममा लगाउन पाउने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थापना गरेको राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालयमार्फत पशु कल्याणसम्बन्धी गतिविधि व्यवस्थित गर्नुका साथै आवश्यक प्राविधिक मार्गनिर्देशनसमेत प्रकाशन हुँदै आएको मन्त्री चौधरीले जानकारी दिइन् ।

उनले पशु कल्याणका लागि कानुनी संरचना निर्माणसँगै विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै पशुपन्छीमाथि हुने दुर्व्यवहार र क्रूरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले १९८४ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको ऐतिहासिक प्रसंग उल्लेख गर्दै नेपालमा पशु संरक्षणको अभ्यास पुरानो समयदेखि नै हुँदै आएको बताइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक #तयारी
Compare →
Hamro Patro News
2d ago
क्यारिकलाई हटाएर पोचेटिनो ल्याउने तयारीमा युनाइटेड

क्यारिकलाई हटाएर पोचेटिनो ल्याउने तयारीमा युनाइटेड

म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई बर्खास्त गर्दै उनको स्थानमा अमेरिकी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नियुक्त गर्ने तयारी अघि बढाएको छ। क्यारिकलाइ युनाइटेडले यसै ...

#ल्याउने #तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2611