Trending
Prev Story
Next Story

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

Nagarik News •
November 08, 2026 • 05:37 AM
1
1 reads 0 reactions

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यतासहित आज सरसफाइ गरी लक्ष्मीको पूजा गरिने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।

यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा. नेपालले बताए।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआराधना गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समय क्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ। शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।

तिहारका अवसरमा आजैदेखि पर्व बिदा दिने गरिएकामा यस वर्ष भने आइतबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ। सोमबारदेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म तिहार बिदा परेको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ११:२२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
गोवर्धन पूजा र हलितिहार आज, गोरु, हली र बलि राजाको पूजा गरी मनाइँदै

गोवर्धन पूजा र हलितिहार आज, गोरु, हली र बलि राजाको पूजा गरी मनाइँदै

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्धन पूजा, बलि पूजा र हलितिहार मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बलि राजा, गोरु तथा हलीको पूजा आराधना गरी सम्मान प्रकट गर्ने धा...

#पूजा #गरी
Compare →
Onlinekhabar
3d ago
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#पूजा #गरी
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा #गरिँदै
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#पूजा
Compare →
Bizshala
4d ago
लक्ष्मीपूजापछि सुन तोलामै १३०० रुपैयाँ महँगियो, चाँदीमा अझ ठूलो उछाल

लक्ष्मीपूजापछि सुन तोलामै १३०० रुपैयाँ महँगियो, चाँदीमा अझ ठूलो उछाल

काठमाण्डौ । लक्ष्मीपूजाको भोलिपल्ट नेपाली बजारमा सुन र चाँदी दुवै महँगिएका छन्। आइतबार प्रतितोला २ लाख ८३ हजार...

#लक्ष्मी #पूजा
Compare →

Related Stories

Business & Economy
Build #2611