उज्यालो पर्वको रूपमा चिनिने नेपालीको दोस्रो महान पर्व तिहार अर्थात् दीपावली सुरु हुने तयारीमा छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म मनाइने यो पर्वले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ तथा असत्यबाट सत्यतर्फ जान प्रेरित गर्ने संस्कृतिविद लेखनाथ शास्त्रीले बताउनुभयो।
दीपावली बाहिरी उत्सव मात्र नभएर आन्तरिक चेतनाको दियो बाल्ने अवसर भएको शास्त्रीले जानकारी दिनुभयो। उहाँका अनुसार दीपावलीको मुख्य सन्देश सकारात्मक उ्रन्नतिका लागि हो । समाजलाई उत्प्रेरित गर्नका लागि हो ।
Read full story at source ( gorkhapatraonline.com )