Trending
Prev Story
Next Story

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

Nagarik News •
November 08, 2026 • 03:10 AM
1
1 reads 0 reactions

दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ।

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ। करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन्। सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ। जथाभावी फोहर फालिँदैन।

स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताए। “सुरुका दिनमा सडकमा जथाभावी पशुचौपाया बाँध्ने, जथाभावी फोहर फ्याँक्ने ठूलो समस्या थियो”, उनले भने, “सडक र नालामा फोहर फाल्ने घरघरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन।”

सुरुआती चरणमा टोलमा डस्टबिन नहुँदा बिजुलीका हरेक खम्बामा बोराहरू झुण्ड्याएर फोहर सङ्कलन सुरु गरिएको थियो। हाल भने स्ट्यान्ड बनाएरै ठाउँठाउँमा डस्टबिन राखिएका छन्। प्लास्टिक प्रदूषण रोक्न टोलभित्र प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कसैले प्लास्टिक जलाएको देखेर गोप्य सूचना दिएमा इनाम दिने र जलाउनेलाई कारबाहीसमेत गर्ने गरिएको छ। जसका कारण अहिले टोलमा प्लास्टिक जलाउने कार्य पूर्ण रूपमा रोकिएको छ।

टोलको बैठकले ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने सङ्कल्पकासाथ नियम बनाएपछि यसरी टोल सुधार भएको उनको भनाइ छ।

उनका अनुसार टोलको निर्णय नमान्ने तथा जथाभावी प्लाष्टिक जलाउनेलाई ५०० रुपैयाँ जरिवानासमेत गर्ने गरिएको छ। यही सामाजिक अनुशासनको जगमा टेकेर पार्विक टोल रुपान्तरण भएको अध्यक्ष खत्रीले बताए।

टोलको सरसफाइ र व्यवस्थापन सहज बनाउन तीन सेक्सनसमेत बनाइएको छ। प्रत्येक सेक्सनका प्रतिनिधिहरूको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार सम्पूर्ण टोलवासी भेला भई सरसफाइ गर्ने गरिएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ०८:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

भीमफेदी दुर्घटना : ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

२६ कात्तिक, जनकपुरधाम । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको …

#टोल #सुन्दर
Compare →
Hamro Patro News
2d ago
सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा – धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूह...

#टोल
Compare →

Related Stories

Technology
Build #2611