Trending
Prev Story
Next Story

सिटीको लगातार तेस्रो हार

Ekantipur •
November 08, 2026 • 03:02 AM
1
1 reads 0 reactions

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो ।

सिटीको लगातार तेस्रो हार

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो ।

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । सिटी ग्राउन्डमा प्राप्त जितपछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ भने सिटी आफै लगातारको खराव प्रदर्शनले संकटमा परेको छ ।

फरेस्टका लागि लियान डेलापले दुई गोल गरे । यस्तै अर्को गोल जइर कुन्हाले गरे । रायन सेर्कीले सिटीका लागि एक गोल फर्काए । यो नतिजापछि सिटी २१ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग छ अंकको दूरी हो ।

फरेस्ट भने नौ अंकमा १६ औं स्थानमा उक्लेको छ । शनिबारका अन्य खेलमा आर्सनलले हल सिटीलाई तथा लिड्स युनाइटेडले टोटनहमलाई समान १–० ले हरायो । फुलहम र न्युकासल युनाइटेडबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्‍यौँ : प्रशिक्षक चन्द्रपाल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताए...

#प्रिमियर-लिग #हार
Compare →
Bizshala
11h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#सिटी
Compare →

Related Stories

Sports
Build #2611