Trending
Prev Story
Next Story

कुकुर राख्ने ‘होस्टेल’

Ekantipur •
August 20, 2026 • 02:00 PM
1
1 reads 0 reactions

सडकमा छोडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको हो । बागलुङ नगरपालिका–३ सिम्लेस्थित होस्टेलमा ३० वटा कुकुर छन् ।

कुकुर राख्ने ‘होस्टेल’

सडकमा छोडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको हो । बागलुङ नगरपालिका–३ सिम्लेस्थित होस्टेलमा ३० वटा कुकुर छन् ।

घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे, छाडा कुकुरको बिगबिगी छ । यही समस्या समाधान गर्न बागलुङमा ‘डग होस्टेल’ बनाइएको छ ।सडकमा छोडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको हो । बागलुङ नगरपालिका–३ सिम्लेस्थित होस्टेलमा ३० वटा कुकुर छन् ।

गत असारदेखि सञ्चालनमा ल्याइएको यो होस्टलमा बागलुङ बजारका सडक, चोक र गल्लीमा भेटिएका कुकुर राखिएको छ । रोगी र अशक्त कुकुरको उद्धार गरि होस्टेलमा उपचारसमेत हुन्छ । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउँछ । होस्टेलमा ५० वटासम्म कुकुर राख्न सक्ने क्षमता छ । कुकुरको रेखदेखका लागि नगरपालिकाले होस्टलमा एक जना कर्मचारी खटाएको छ । कुकुरलाई बिहानमा प्रायः मासु–भात दिइन्छ । साँझ दूध र भात दिइन्छ । पाँच रोपनी क्षेत्रफलमा गण्डकी प्रदेश सरकारको ६५ लाख र नगरपालिकाको ३५ लाख रुपैयाँ लगानीमा होस्टेल निर्माण गरिएको थियो ।

नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि नगरपालिकाले निःशुल्क दिन्छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।दर्ता गरिएका कुकुरलाई पालिकाले खोप र औषधि सेवा निःशुल्क दिन्छ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्दै आएको छ ।तस्बिर: डम्मर बुढामगर

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
21h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Nagarik News
21h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Hamro Patro News
1d ago
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको ह...

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#कुकुर
Compare →

Related Stories

Education & Youth
Build #2612