Trending
Prev Story
Next Story

आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

Onlinekhabar •
November 08, 2026 • 12:00 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए । कात्तिक  कृष्ण …

आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

२२ कात्तिक, काठमाडौं । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्षमण पन्थीले जानकारी दिए ।

कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ ।

यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।

आज कुकुर तिहारको दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ ।

आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन छ । यसो गरेमा मृत्युपश्चात् नरक जानुनपर्ने धार्मिक विश्वास छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ ।

यमपञ्चकको पहिलो दिन हिजो कागपूजा गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिका...

#कात्तिक #तिहार
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Nagarik News
17h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#कात्तिक #तिहार
Compare →

Related Stories

World News
Build #2611