काठमाडौं : भारतको हरियाणास्थित फरीदाबादमा कुकुरलाई पार्किङ क्षेत्रमा दिसा गराएको विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा एक सफ्टवेयर कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) को गोली हानी हत्या गरिएको छ ।
सिंगापुरस्थित एक सफ्टवेयर कम्पनीमा कार्यरत परमजीत धनखडलाई छिमेकी मोहन शर्मा उर्फ मोनुले गोली हानी हत्या गरेका हुन् । पार्किङमा कुकुरलाई दिसा गराउने विषयमा उनीहरूबीच पछिल्लो तीन-चार महिनादेखि विवाद हुँदै आएको थियो ।
Read full story at source ( annapurnapost.com )