भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनःस्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायले बताएका छन् ।
ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम राइजिङ फ्रम द रोअरमा बोल्दै अधिकारकर्मी रमेश पोखरेलले पूर्व तयारीमा त्रुटि देखिए पनि अपाङ्गता भएकाहरुलाई विपद्पछिको राहत र पुनःस्थापनामा समस्या आउन नदिन प्रभावकारी तथ्याङ्कमा काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अनुसार विपद्मा परी अपाङ्गता भएका १३ जनाको ज्यान गएको छ भने हालसम्म १८ जना बेपत्ता छन् ।
Read full story at source ( gorkhapatraonline.com )