Trending
Prev Story
Next Story

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

Onlinekhabar •
November 07, 2026 • 03:00 PM
1
1 reads 0 reactions

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती …

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङकङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका (भिआइपी) माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङकङ पठाइएको बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ ।

ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् । सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ ।

बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ ।

परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन गर्छन् । कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उनले बताए ।

सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । ‘सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो । अहिले हामी परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,’ उनले भने ।

विसं २०८० बाहेक अन्य वर्षमा फूलखेतीबाट राम्रो आम्दानी भएको बाँस्तोलाले बताए । यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको उनले जानकारी दिए ।

यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब रु २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् । उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने बाँस्तोलाले बताए । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला #मखमली
Compare →
Ekantipur
3d ago
पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

पढाइसँगै व्यावसायिक सयपत्री खेतीमा रमाउँदै नवीन

बैतडीको सोटीगाउँका कृषि विद्यार्थी नवीनराज जोशीले पढाइसँगै व्यावसायिक सयपत्री खेती सुरु गरेका छन् । ५ हजार रुपैयाँ लगानीमा सुरु गरेको फूल खेतीबाट दसैं र तिहारमा ७५ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

#फूल #सयपत्री
Compare →
Hamro Patro News
3d ago
काठमाडौं गोर्खाजको लगातार चौथो जित, चितवन १० रनले पराजित

काठमाडौं गोर्खाजको लगातार चौथो जित, चितवन १० रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २०औँ खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमा...

#चितवन
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Nagarik News
3h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

Business & Economy
Build #2611