Trending
Prev Story
Next Story

तस्बिरमा पाटनका अनेक रङ

Ekantipur •
November 07, 2026 • 01:01 PM
1
1 reads 0 reactions

सिंगापुरमा कार्यरत फोटोग्राफरको क्यामेरामा कैद पाटनका जीवन्त सम्पदा, जहाँ शताब्दीयौं पुराना परम्परा र दैनिक जीवनका लय एकाकार हुन्छन् ।

तस्बिरमा पाटनका अनेक रङ

सिंगापुरमा कार्यरत फोटोग्राफरको क्यामेरामा कैद पाटनका जीवन्त सम्पदा, जहाँ शताब्दीयौं पुराना परम्परा र दैनिक जीवनका लय एकाकार हुन्छन् ।

सिंगापुरमा कार्यरत फोटोग्राफर जु शेन लीका तस्बिरले पाटन दरबार क्षेत्रको मनमोहक सौन्दर्य र त्यस वरपरको जीवनलाई कैद गरेका छन् । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र वरपर बसोबास गर्ने र यहाँका मन्दिरमा पूजाआजा गर्ने मानिसहरूको अमूर्त सांस्कृतिक सम्पदालाई उनका तस्बिरले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

प्राकृतिक प्रकाशको मात्र प्रयोग गरेर जु शेनले बिहान झिसमिसेदेखि राति अबेरसम्म तस्बिर खिच्ने गर्छिन् । उनका तस्बिरमा मानिस, जनावर र वास्तुकलाका साथै पाटनको मूलचोकमा प्रस्तुत गरिने अष्टमातृका नृत्यका दृश्यसमेत समेटिएका छन् ।

सहरको जीवन्त धड्कन र त्यसलाई घेरेको सांस्कृतिक सम्पदाका अनेक तहलाई तस्बिरमा उतार्नु उनको रुचि हो ।

यहाँ प्रस्तुत प्रत्येक तस्बिरका लागि जु शेनले दर्जनौं तस्बिर खिचेर छानेकी हुन् । उनी पूर्णताका लागि मेहनत गर्ने फोटोग्राफर हुन्, जसको मन काठमाडौं उपत्यकाजत्तिकै विशाल छ । यही स्वभाव र लगनशीलताको संयोजनले उनका तस्बिरलाई आकर्षक र स्मरणीय बनाएको छ ।

उनी अहिले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) — काठमाडौं उपत्यका संरक्षण कोष सँग मिलेर काम गरिरहेकी छन् । पछिल्लो ३५ वर्षदेखि यो संस्थाले नेपली दैनिक जीवन, रीतिरिवाज र परम्परासँग अभिन्न रूपमा जोडिएको मूर्त सांस्कृतिक सम्पदाको पुनर्निर्माण र संरक्षणमार्फत नेपालको अमूर्त सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै आएको छ ।

केभीपीटीले परम्परागत सीप भएका कालीगढ, इँटा र गारोको प्रयोग गरी सम्पदा संरक्षणको काम गर्छ । यसका साथै भविष्यमा हुने पुनःस्थापना, प्राकृतिक विपद् र अहिले जलवायु परिवर्तनबाट सिर्जना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वास्तुकलासम्बन्धी नक्सा, साहित्यिक सामग्री र तस्बिरका रूपमा विस्तृत अभिलेखीकरणसमेत गर्छ ।

यिनै सम्पदालाई भावी पुस्ताका लागि अभिलेखीकरण गर्न जु शेन ली दुई महिनाका लागि काठमाडौं आएकी छन् । उनले काठमाडौं उपत्यका संरक्षण कोषका लागि यी सम्पदाका तस्बिर खिचेकी हुन् ।

जु ली सिंगापुरमा कार्यरत फोटोग्राफर हुन् ।

सोफिया पाण्डे लेखक, कला इतिहासकार तथा चलचित्रकर्मी हुन् । उनी सांस्कृतिक तथा सिर्जनात्मक उद्योगको आर्थिक र सामाजिक सम्भावना, शैक्षिक पहुँच तथा दिगो रणनीतिक योजनाका क्षेत्रमा परामर्श दिन्छिन् । उनले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र युनेस्कोका लागि परामर्शदाताका रूपमा काम गरेकी छन् ।उनी काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) — काठमाडौं उपत्यका संरक्षण कोषकी विकास निर्देशक तथा कलाका लागि गैरनाफामूलक संस्था 'द कला सलोन' की संस्थापक निर्देशक हुन् । यसअघि उनी लामो समयसम्म 'द काठमाडौं पोस्ट' र 'नेपाली टाइम्स' मा स्तम्भकारका रूपमा कार्यरत थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
तस्बिरमा पाटनका अनेक रङ

तस्बिरमा पाटनका अनेक रङ

तस्बिरमा पाटनका अनेक रङ सिंगापुरमा कार्यरत फोटोग्राफरको क्यामेरामा कैद पाटनका जीवन्त सम्पदा, जहाँ शताब्दीयौं पुराना परम्परा र दैनिक जीवनका लय एकाकार हुन्छन् । कार्तिक २१, २०८३ जु शेन ली, सोफिया ...

#तस्बिर #पाटन #सिंगापुर
Compare →
Nagarik News
4d ago
अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

१८ खेल सकिँदा अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने तस्बिर तय गर्नेछन्।

#तस्बिर
Compare →

Related Stories

Education & Youth
Build #2611