गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा परी बर्दियाका बेपत्ता भएका व्यक्तीको विवरणसहित राष्ट्रिय विपत् जोखिम तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको छ । प्राधिकरणले उल्लेख गरेको प्रक्रिया पुरा गरी जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति बर्दियाले बेपत्ता भएका ७४ जना व्यक्तीको विवरणसहित सिफारिस गरेको हो ।
बाढीमा बेपत्ता भएका व्यक्तिको विवरणसहित स्थानीय तहबाट पाँच दिने र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट तीन दिने दाबी बिरोधसम्बन्धी सूचना प्रकाशन गरी प्राप्त विवरणसहित सिफारिस गरिएको हो । प्राधिकरणले तोकेको सम्पूर्ण विवरण हित आवश्यक प्रक्रिया पुरा गरी प्राधिकरणमा पठाइएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )