Trending
Prev Story
Next Story

सिन्धुलीमा अटो दुर्घटना, पाँचको अवस्था गम्भीर

Nagarik News •
November 07, 2026 • 11:14 AM
1
1 reads 0 reactions

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

सिन्धुलीमा अटो दुर्घटना, पाँचको अवस्था गम्भीर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

आज दिउँसो १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र ०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका-१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन्।

त्यस्तै, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३२-३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी तीन वर्षीया छोरी समिक्षा पहरी, नौ वर्षीय प्रवास पहरी, सात वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते नौ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १६:५९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Hamro Patro News
4h ago
[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप...

[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप...

[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप... उनले भनेका थिए, ‘माओवादी आन्दोलन दबाउने नाममा व्यापक कमिसन खान र भ्रष्टाचार गर्न पाएकाले कांग्रेस सरकारले वार्ताको वातावरण तयार...

#गम्भीर
Compare →
Ekantipur
6h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#दुर्घटना
Compare →
Bizshala
13h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611