ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने तीर्थालुको सङ्ख्या बढ्दै गएको छ । दर्शनार्थीको चाप बढेसँगै पाथीभरा मन्दिरसम्मको यात्रा सहज बनाउन रोकिएको केबलकार निर्माणको काम शीघ्र अघि बढाउन तीर्थालुहरूले माग गरेका छन् ।
पाथीभरा देवीको दर्शनका लागि नेपालका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत दैनिक हजारौँ तीर्थालु ताप्लेजुङ पुग्ने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दसैँयता दैनिक १० हजारभन्दा बढी दर्शनार्थीले मन्दिर पुगेर पूजाआजा गरिरहेका छन् । गत मङ्गलबार यस वर्षकै सबैभन्दा बढी करिब ११ हजार दर्शनार्थी पाथीभरा पुगेका थिए ।
Read full story at source ( khabarhub.com )