Trending
Prev Story
Next Story

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

Onlinekhabar •
November 07, 2026 • 10:31 AM
1
1 reads 0 reactions

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ …

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ ।

तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

पछिल्लो समय मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रशासनले विशेष सतर्कता अपनाएको जनाएको छ । प्रशासनले राति अबेरसम्म देउसी–भैलो खेल्ने, जबर्जस्ती रकम माग्ने तथा चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

चाडपर्वका बेला हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेटलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा समेत पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । त्यसैगरी जुवातास, अनलाइन सट्टेबाजी, अवैध चिट्ठा तथा ध्वनि प्रदूषण हुने गरी डिजे बजाउने गतिविधिमाथि निगरानी र कारबाहीलाई कडा शर्माको भनाइ छ ।

कानुनविपरीत गतिविधिमा संलग्न हुने जोकोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।

उनका अनुसार चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य वृद्धि गर्ने तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्ने व्यापारीमाथि पनि प्रशासनले निगरानी बढाएको छ ।

यातायात क्षेत्रमा यात्रुसँग मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । प्रशासनले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रुपमा मनाउन जिल्लावासीलाई आग्रह गर्दै मौलिक संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र सार्वजनिक सुरक्षामा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
देउसी–भैलोबाट २६ लाख सङ्कलन

देउसी–भैलोबाट २६ लाख सङ्कलन

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि आयोजित देउसी–भैलो कार्यक्रमबाट तीन दिनमा २६ लाख ३१ हजार ५३० रुपियाँ सहयोग सङ्कलन भएको छ । विद्या...

#देउसी #भैलो
Compare →
Nagarik News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी #भैलो
Compare →
Ekantipur
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

युवाको पलायन, बसाइँसराइ र आधुनिक मनोरञ्जनका कारण डडेल्धुरामा घरघर पुगेर मौलिक भाकामा भैलो गाउने परम्परा घट्दै गएको छ।

#भैलो #देउसी
Compare →
Arthasansar
7h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#राति #बजेपछि
Compare →

Related Stories

Technology
Build #2611