Trending
Prev Story
Next Story

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

Ekantipur •
November 07, 2026 • 10:01 AM
1
1 reads 0 reactions

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ आज पनि जारी रहेको छ ।

न्याय परिषद्ले डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ ।

समितिले न्यायपालिकाप्रति जनविश्वास अभिवृद्धि, न्याय सम्पादनलाई छिटोछरितो र प्रभावकारी बनाउने, सर्वसाधारणको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने तथा न्यायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशहरूको धारणा माग गरिरहेको छ ।

त्यसैगरी न्यायिक सुशासन, पारदर्शिता, जवाफदेहिता र न्यायपालिकाको संस्थागत सुधारका विषयमा उनीहरूको दृष्टिकोण तथा भावी योजनाबारे समितिले चासो राखेको छ ।

संसदीय सुनुवाइबाट प्रस्तावित न्यायाधीशहरूको योग्यता, अनुभव, व्यावसायिक दक्षता, निष्पक्षता र न्यायिक जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताको मूल्याङ्कन हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारि...

#सर्वोच्च-अदालत #न्यायाधीश #सुनुवाइ
Compare →
Onlinekhabar
6d ago
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#सर्वोच्च-अदालत #न्यायाधीश #सुनुवाइ
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सिफारिस
Compare →
Arthasansar
10h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

Politics & Governance
Build #2611