Trending
Prev Story
Next Story

पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको

Onlinekhabar •
November 07, 2026 • 10:00 AM
1
1 reads 0 reactions

२१ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं, तिहार होस् चाहे फागुपूर्णिमा वा तीज या होस् क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवमा रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक …

पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको

२१ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं, तिहार होस् चाहे फागुपूर्णिमा वा तीज या होस् क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवमा रुपमा मनाउँछ ।

देखाउँछ चाडको महत्व, मौलिक परम्परा र योसँग जोडिएको समाज । यसपटकको तिहारलाई पनि पोखराले उसैगरी मनाउँदैछ, मौलिक हिसाबले ।

हिन्दूहरूको विशेष चाड तिहारको छेकोमा पोखरा आउने विदेशी वा स्वदेशी पर्यटकले देख्न पाउनेछन्, तिहारको महत्व । तिहारमा काग, गाइ, गोरु किन बुझिन्छ ? किन देउसी भैलो खेलिन्छ र किन सप्तरंगी टीका लगाइन्छ ? एउटै मञ्चमा देख्न, बुझ्न र रमाउन पाइने भएको हो ।

यस्तो उत्सवको चाँजो मिलाएको हो, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र पब्लिक फोरके टेलिभिजनले । ३ संस्थाले संयुक्त आयोजना गर्न लागेको कार्यक्रमको नाम दिइएको छ, मौलिक देउसी भैलो उत्सव ।

कात्तिक २३ गते सोमबार गाईपूजाका दिन पोखरा–६, लेकसाइडस्थित गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

‘पोखराले हरेक चाडलाई उत्सवको रुपमा मनाउँछ । नयाँ वर्षमा पोखरा जाउँ भन्ने स्थापित भइसकेको छ । दशैंमा रातो टीका र जमरा लगाउँर्दै रमाउँदै हिँडेका पर्यटक लेकसाइडभरि भेटिन्छन् । फागु पूर्णिमामा रङहरुमा खुसी साट्दै हिँडिरहेका पर्यटकले थप रौनक थपिरहेका हुन्छन् । पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने । सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्दा त्यसको महत्व अझ बढ्ने भुजेलको भनाइ छ ।

नेपाली मौलिक भाका, शब्द र लयभन्दा हिन्दी गीतसंगीतमा आधारित नृत्य तथा प्रस्तुतिहरू बढ्दै गएको अवस्थामा मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको भुजेलले बताए ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले नेपाली समाजभित्रै देउसीभैलोको मौलिकता हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले अहिलेको पुस्ताले मौलिकता बिर्सिँदै गइरहेको अवस्थामा यो उत्सवले चासो बढाउने बताउँछन् ।

‘नयाँ पुस्ताले आफ्नो संस्कृति, परम्परा बुझ्न, जान्न र सिक्न पाउने छन् । पुराना पुस्ताले आफ्नो संस्कृति र चाडप्रति गर्व गर्नेछन् र पर्यटकले नेपाली पर्व र मौीलक संस्कृति देखेर रमाउने छन्, यसको महत्व जान्न पाउने छन्,’ क्षेत्रीले भने, ‘तिहारमा कागको पूजा किन गरिन्छ ? किन गाइगोरुलाई पिजुन्छ, किन तोरन तारिन्छ ? टीका किन लगाइन्छ भन्ने महत्व पनि उत्सवमा जान्न पाउने छन् ।’

देउसी भैलोलाई प्रतियोगिता नाम दिइए पनि यो उत्सवका रुपमा मनाइने उनको भनाइ छ । प्रत्येक समूह परम्परागत पोशाकमा उपस्थित हुनेछन् । १० देखि १७ मिनेटभित्र आफ्नो प्रस्तुति राख्नेछन् । प्रस्तुति सकिए लगत्तै चामल, दान दक्षिणासहित बिदाई गरिनेछ । प्रत्येक टिमलाई दक्षिणाका रुपमा ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने छ भने च्याम्पियन समूहलाई २५ अजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सेलरोटी तथा सयपत्री फूलका स्टलसमेत रहनेछन् । उत्सवमा देउसीभैलोका अतिरिक्त स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ । लेकसाइडको गौरीघाटमा आयोजना हुने उत्सवले पर्यटकलाई तिहार, देउसीभैलोको इतिहास, परम्परा र सांस्कृतिक महत्वबारे प्रत्यक्ष जानकारी दिने अपेक्षा गरिएको छ ।

मौलिक संस्कृतिको अवलोकन तथा अनुभव गर्ने अवसर प्रदान गर्दै पोखरालाई संस्कृति र पर्यटनको साझा गन्तव्यका रूपमा स्थापित गर्न कार्यक्रमले सहयोग पुर्‍याउने परिषदका महासचिव मिलन तिवारीले बताए । कार्यक्रम सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम विभिन्न संघसंस्थासँगको सहकार्य र सहयोगबाट जुटाइने आयोजकको भनाइ छ ।

कार्यक्रममा करिब ९ समूहले मौलिक तथा परम्परागत पोसाकमा सजिएर देउसी–भैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहले मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका ...

#पोखरा
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Nagarik News
1d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611