Trending
Prev Story
Next Story

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

Ekantipur •
November 07, 2026 • 08:31 AM
1
1 reads 0 reactions

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

काठमाडौँ — इटहरीको राष्ट्रिय जागृति क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्रष्टा सम्मान यस वर्ष गायिका लोचन भट्टराईलाई प्रदान गरिएको छ । शुक्रबार राति आयोजित नगरस्तरीय लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शक सांगीतिक धुनमा झुमेका थिए । ‘टाढा टाढा नभई जाऊ तिमी’, ‘माया गर्नेको चोखो माया पनि देखियो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’ लगायतका गीतले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

स्रष्टा सम्मानसँगै क्लबले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य ६ जनालाई समेत सम्मान गरेको छ । पत्रकारितातर्फ विनय बाह्रकोटी, पर्यटनकर्मीतर्फ तेजबहादुर पुरी, क्रिकेट खेलाडीतर्फ दिवस बिष्ट, शिक्षासेवातर्फ रमेश शाह, संगीतकर्मीतर्फ श्याम सुनुवार र ब्याडमिन्टन खेलाडीतर्फ सबिज्ञा दाहाल सम्मानित भएका हुन् ।

उनीहरूलाई इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, क्लबका संस्थापक अध्यक्ष रामकुमार सुब्बा, अध्यक्ष केशव कार्की तथा कार्यक्रम संयोजक रविन गौतमलगायतले सम्मान गरेका थिए । स्थानीयस्तरमा रहेर आ–आफ्नो क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउने प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो । कार्तिक २१, २०८३ अर्जुन...

#स्रष्टा #सम्मान #गायिका
Compare →
Nagarik News
6d ago
इरानका अपदस्थ पूर्व राजाका छोरालाई पुरस्कारद्वारा सम्मान दिने निर्णय विवादित

इरानका अपदस्थ पूर्व राजाका छोरालाई पुरस्कारद्वारा सम्मान दिने निर्णय विवादित

यो पुरस्कार इरानी जनतालाई प्रदान गरिएको थियो। तर आलोचकहरूले यस समारोहलाई अवैध भनेका छन् ।

#प्रदान #सम्मान
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा

कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले पाँच वर्ष शासन गर्ने म्यान्डेट पाएको कुरालाई कांग्रेसले सम्मान गरेको बताएका छन् । यस्तै, कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको कुरालाई सरकारले सम्मान गर्नुपर्ने उनले बताए …

#सम्मान
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611