Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

Onlinekhabar •
November 07, 2026 • 07:00 AM
1
1 reads 0 reactions

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री बादीले …

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधार तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिएकी छन् ।

उनले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे चासो व्यक्त गरेकी थिइन् ।

अनुगमनका क्रममा तोकिएको समयभित्र सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताका लागि शुभकामना पनि दिइन् ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन् । कर्णाली प्रदेशमा आयोजना हुने महाउत...

#अनुगमन #सुर्खेत #खेलकुद
Compare →
Nagarik News
6d ago
मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा

मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन्।

#अनुगमन #बादीद्वारा #सुर्खेत
Compare →
Ekantipur
5d ago
राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् ।

#खेलकुद #सुर्खेत
Compare →
Bizshala
1w ago
ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन,  कर्मचारीका गुनासा सुने

ऊर्जामन्त्री श्रेष्ठको मन्त्रालयमा आकस्मिक अनुगमन, कर्मचारीका गुनासा सुने

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको...

#अनुगमन
Compare →

Related Stories

Sports
Build #2611