काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा २०८३ कार्तिक २० गते, शुक्रबार काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । कम्पनीको यस निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
Read full story at source ( ajakoartha.com )