Trending
Prev Story
Next Story

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

Ekantipur •
November 07, 2026 • 05:02 AM
1
1 reads 0 reactions

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्।

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्।

सल्यान — सल्यानका विभिन्न स्थानमा तीन सातामा एक दर्जन साना–ठूला सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत बिहीबार बेलुकी बागचौर नगरपालिका–१० माथिल्लो मोख्लास्थित भित्री सडकखण्डमा मोख्ला बजारदेखि माथिल्लो मोख्लातर्फ जाँदै गरेको रा.१ह ६१२६ नम्बरको अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–५ सिरवालीका ३५ वर्षीय रेशम राउतको मृत्यु भएको थियो ।

शुक्रबार बेलुकी शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु.१ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिकको भित्री सडकखण्डमा दुर्घटना हुँदा साउने रोका, कृष्ण बस्नेत र सीता विकको मृत्यु भएको थियो ।

त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका–११ चौरबाट बालुवा सङ्ग्रही जाँदै गरेको रा.१च १७२३ नम्बरको बोलेरो जिप खलंगा–बालुवा सङ्ग्रही सडकखण्डको गरामा दुर्घटना हुँदा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको थियो ।

यस्तै, गत बिहीबार मोख्लामा अटो दुर्घटना हुँदा चालक, शुक्रबार सिद्धकुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा ७ जना, बागचौरमा टिपर दुर्घटना हुँदा एक जना र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

विभिन्न स्थानमा भएका ४  मोटरसाइकल दुर्घटनामा ६ जना र शुक्रबार दुई स्थानमा ट्याक्टर र एक स्थानमा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् । उनीहरूको दाङ, सुर्खेत र नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वरी रोकायले जीर्ण सडक, चालकको लापरबाही, तीव्र गति र क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना भएको बताए । चाडपर्वमा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरी र ट्राफिक कार्यालय सल्यानले सचेतना कार्यक्रम सञ्चालन गर्दै विभिन्न स्थानमा ट्राफिक जाँच गरे पनि चालकले बेवास्ता गर्दा कार्यक्रम प्रभावकारी नभएको उनले बताए ।

'तिहार नजिकिँदै गर्दा मानिसहरूको चहलपहल बढेको छ । गाडी बढी चलेका छन् । वर्षातले क्षति पुर्‍याएका जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडक मर्मत भएका छैनन् । मर्मत नगर्दा धेरै सडकमा खाल्डाखुल्डी परेका छन् । जोखिम मोलेर चालकले गाडी चलाइरहेका छन् । चालक सजग भए दुर्घटना कम हुन सक्छ,' उनले भने।

ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउँदै आए पनि सामान्य कुरामा चालकले सावधानी नअपनाउँदा दुर्घटना भइरहेको बताए । दुर्घटना भएका अधिकांश घटनाको अध्ययन गर्दा सडकको दुरवस्था र चालकको लापरबाही नै मुख्य समस्या देखिएको उनले जानकारी दिए ।

ट्राफिक र प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आए पनि ट्राफिक नियम पालना गर्न चालकले बेवास्ता गर्दा ती कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
16h ago
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको …

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2611